किर्तिपुरबाट मुण्डे आउदै गरेको अटो दुर्घटना : ५ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २५ गते १३:५८
किर्तिपुरबाट मुण्डे आउदै गरेको अटो दुर्घटना : ५ जना घाईते

कावासोती । देवचुली नगरपालिकाको वडा -६ किर्तिपुरको टोक्रे खोला नजिक भित्रि सडक खण्डमा अटो दुर्घटना हुँदा ५ जना घाईते भएका छ्न ।

किर्तिपुरबाट मुण्डे तर्फ आउदै गरेको ना २ ह ६४८० नं.को अटो आफै अनियन्त्रित भई सडकको दाहिने तर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए ।

पौडेलका अनुसार दुर्घटनामा देवचुली-६ किर्तिपुरका अटो चालक कुल प्रसाद सिंजाली, लिलावती लुङ्गेली,पुष्पा लुङ्गेली,गनिसरा बाह्रघरे, जेनिसरा बाह्रघरे घाइते भएका हुन ।

दुर्घटनामा गम्भीर घाइते जेनिसरा बाह्रघरेको टाउकोमा चोट लागेकाले थप उपचारको लागि भरतपुर पठाईएको र अन्य घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको पौडेलले जानकारी दिए ।

प्रकाशित : २०८० कार्तिक २५ गते १३:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI