सामुदायिक वनबाट निस्किएको गैँडाले आक्रमण गर्दा दुईजना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १९ गते १६:४३
सामुदायिक वनबाट निस्किएको गैँडाले आक्रमण गर्दा दुईजना घाईते

कावासोती । गैँडाको आक्रमणमा परेर नवलपुरमा २ जना घाईते भएका छ्न ।

जिल्लाको देवचुली-१० र कावासोती-१ को सिमानमा रहेको लोकाहा खोला नजिकै गैँडाको आक्रमणमा परेर २ जना घाईते भएका देवचुली-१० का वडा अध्यक्ष रेप्तिकुमार घर्तीले जानकारी दिए ।

गैँडाको आक्रमणमा परेर कावासोती-६ कि ५० वर्षीया भुलमाया वि.क र चितवनको भुवन बस्ती बस्ने निवासी ५० वर्षीय छमबहादुर सारु मगर घाईते भएका वडा अध्यक्ष घर्तीले बताए ।

वडा अध्यक्ष घर्तीका अनुसार दिउँसोको ११ बजेको समयमा महाराजा सामुदायिक वनबाट निस्किएको गैँडाले उनिहरुलाई आक्रमण गरेक हो ।

घाईतेहरुलाई उपचारका लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जबाट चरनका लागि निस्किएका गैँडा नवलपुरका सामुदायिक वनमा आएर बस्ने गरेका छ्न । दैनिक घाँस दाउरा गर्न सामुदायिक वनमा जाने मात्रै नभएर सामुदायिक वन सँग जोडिएको बाटो भएर यात्रा गर्ने सर्वसाधारणलाई गैँडाले आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएका बालिनाली समेत गैँडाले क्षती पुर्‍याउने गरेको छ ।

प्रकाशित : २०८० मंसिर १९ गते १६:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI