कारले स्कुटरलाई ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २५ गते ७:५०
कारले स्कुटरलाई ठक्कर दिँदा  दुई विद्यार्थीको मृत्यु

कावासोती । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई विद्यार्थीको ज्यान गएको छ । दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

हिजो (आइतवार) पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारको पृथ्वी राजमार्गमा ठक्कर दिएको थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियो ।

प्रकाशित : २०८० मंसिर २५ गते ७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI