अशोक आले मगरको निर्देशनमा मगर संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ निर्माण हुने

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २ गते ९:००
अशोक आले मगरको निर्देशनमा मगर संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ निर्माण हुने

शारदा झेडीं, कावासोती । मगर संस्कार र संस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ निर्माण हुने भएको छ ।

चलचित्रको गत मँसिर २७ गते नेपाल मगर सँघ कास्कीको भवनमा सम्पन्न एक कार्यक्रमका वीच शुभ मुहुर्त भएको छ भने त्यही दिनदेखि कार्यशाला पनि चलिरहेको मुख्य निर्माता हर्क आलेले वताउनुभयो ।

शुभ मुहुर्त कार्यक्रममा नेपाल मगर सँघका अध्यक्ष ज्ञानेन्द्र पुन प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल मगर महिला सँघकी अध्यक्ष हिरुसरा रानाको पनि विशेष आतिथ्यता रहेको थियो । अशोक आले मगरको निर्देशन रहने चलचित्र ‘दिलसरा’ मा जुना थापा मगरको कथा रहेको छ भने मीना थापा मगरले पटकथा लेख्नुभएको छ ।

पोखराको विभिन्न रमणीय स्थानहरुमा छायाँकन हुने चलचित्रको मुख्य भुमिकामा कल्याण राना र सृष्टि राना रहनुभएको छ । मिङ पुनको द्वन्द निर्देशन रहने उक्त चलचित्रमा नवलपुरकी कलाकार सुनमाया थापाको पनि सशक्त अभिनय रहने निर्माण टोलीले जनाएको छ ।

मगर महिलाहरुको नीर्भिक र निश्कपट शैलीलाई मुख्य कथावस्तु वनाइएको चलचित्रले मगर महिलामा सशक्तिकरण गराउने आशा राखिएको छ । मेनोको मिडिया हाउसको व्यानरमा वन्न लागेको चलचित्र ‘दिलसरा’ को आगामी पौष देखि छायाँकन थालनी हुने निर्माण टीमले जनाएको छ । चलचित्रको कार्यकारी निर्मातामा मेजर प्रेमबहादुर थापा रहनुभएको छ ।

प्रकाशित : २०८० पुष २ गते ९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI