कावासोती नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड : ७ स्वर्ण सहित मध्यविन्दु क्याम्पस नगरप्रथम

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ५ गते २०:१४
कावासोती नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड : ७ स्वर्ण सहित मध्यविन्दु क्याम्पस नगरप्रथम

कावासोती । कावासोती नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा ७ वटा स्वर्ण पदक सहित मध्यविन्दु बहुमुखी क्याम्पस प्रथम भएको छ ।

पुस ३ गतेबाट कावासोती-१२ स्थित राजमन्दिर मैदानमा शान्ती निकुञ्ज माध्यमिक विद्यालयको संयोजनामा सुरु भएको प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा ७ स्वर्ण र ४ रजत पदक सहित मध्यविन्दु क्याम्पस प्रथम, ६ स्वर्ण ५ रजत र ९ कास्य सहित सरस्वती माध्यमिक विद्यालय गोछाडा द्वितीय र ५ स्वर्ण ६ रजत र ७ कास्य सहित वाईभिजन ईङ्गलिस स्कुल पिठौली तृतीय भएका छ्न ।

३१ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा विभिन्न विद्या तर्फका गरि २५ वटा इभेन्टमा प्रतिस्पर्धा गराईएको थियो ।

कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षता एवं प्रदेश सभा सदस्य पद्मा जिसीको प्रमुख आथित्यतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी जिसीले विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार वितरण गरेकी हुन । आगामी वर्षको नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानीले संयोजनमा आयोजना हुने कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले जानकारी दिए ।

प्रकाशित : २०८० पुष ५ गते २०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI