नवलपुरमा नगरकप भलिबल प्रतियोगिता सुरु

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १२ गते १७:५८
नवलपुरमा नगरकप भलिबल प्रतियोगिता सुरु

कावासोती

नवलपुरमा नगरकप भलिबल प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । जिल्लाको कावासोती नगरपालिका ५ मा नगरकप भलिबल प्रतियोगिता सुरु भएको हो । कावासोती नगरपालिकाको आयोजना , नमुना युवा क्लव कावासोती ५ को समन्वयमा प्रतियोगिता संचालन भएको हो ।

प्रतियोगितामा नगरभित्रका १० वटा टिमको सहभागिता रहेको छ । विहिबार एक औपचारीक कार्यक्रमका विच कावासोती नगरपालिकाका नगरउपप्रमुख फूल कुमारी थनेतले खेलाडीलाई बल बल हस्तान्तरण गर्दै प्रतियोगिता विधिवतरुपमा सुरुवात गरिएको हो । कार्यक्रम कावासोती नगरपालिका ५ का वडाध्यक्ष निरजकुमार पुनको सभाध्यक्ष्ता एवम् नगरउपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो ।

 

यस्तैगरी कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन , कावासोती नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु र नगरका शिक्षा शाखाका पदाधिकारीहरुको विशेष उपस्थित रहेको थियो । नगरभित्र लुकेर रहेका भलिबल प्रेमीहरुका लागि र नगरलाई खेल क्षेत्रमा अब्बल बनाउने उदेश्यका साथ नगरकप भलिबलको आयोजना गरिएको नमुना युवा क्लवका अध्यक्ष प्रेम क्षेत्रीले बताउनुभयो ।

तिन दिन सम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार , दोश्रो हुने टिमलाई ३० हजार , तेश्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई नगद रु दश , दश हजारका साथै ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिता कावासोती ५ स्थित नमुना खेल मैदानमा भइरहको छ । यस्तैगरी क्लबले यही पुष १५ गते विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सांस्कृतीक कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजेाड प्रस्तुती रहने क्लबले जनाएको छ ।

प्रकाशित : २०८० पुष १२ गते १७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI