कावासोती नगरकपको उपाधि वडा नम्बर १५ ले उचाल्यो

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १६ गते १८:५९
कावासोती नगरकपको उपाधि वडा नम्बर १५ ले उचाल्यो

१६ पुस, नवलपुर ।
नवलपुरको कावासोतीमा भएको नगरकप भलिबल प्रतियोगिताको उपाधि कावासोती वडा नम्बर १५ ले उचालेको छ । जिल्लाको कावासोती नगरपालिकाको आयोजना र नमूना युवा क्लब ५ कावासोतीको समन्वयमा भएको भलिबल प्रतियोगितामा वडा नम्बर १५ प्रथम हुन सफल भएको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नम्बर १५ र १० भिडेको थियो ।

प्रतियोगितामा कावासोती नगरपालिका वडा नम्बर १० दोश्रो भएको छ  भने वडा नम्बर ३ र १४ सेमिफाइनल सम्म पुगेको थियो । कावासोती नगरपालिका भित्रका विभिन्न १० टिमको प्रतियोगितामा सहभागिता रहेको नमूना युवा क्लबका अध्यक्ष प्रेम क्षेत्रीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो हुने टिमले ३० हजार, र सेमिफाइनलमा प्रवेश गर्नेले रु दश , दश हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आइतबार एक औपचारीक कार्यक्रमका विच खेलाडीहरुलाई पुस्कार वितरण गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष प्रेम क्षेत्रीको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश सांसद रोशन गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

 

आइतबार पौष १५ विविध सांस्कृतिक कार्यक्रम एवम् पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजेड प्रस्तुती समेत रहेको थियो । कार्यक्रमका लोक दोहोरी गायिका सम्झना भण्डारी , हास्यकलाकार एवम् सामाजिक अभियन्ता गोकुल कंडेल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गण्डकी प्रदेश सांसद गाहाले आफ्नो संस्कार संस्कृति भुल्न नहुने भन्दै विभिन्न समयमा मौलीक सांस्कृतिक झल्किने खालका कार्यक्रमहरु गर्नु आवश्यक रहेको बताउनु भयो ।

प्रकाशित : २०८० पुष १६ गते १८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI