कार र मोटरसाइकल ठोक्किदा पुरुषको मृत्यु, महिला घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २६ गते ९:०८
कार र मोटरसाइकल ठोक्किदा पुरुषको मृत्यु, महिला घाइते

कावासोती । कावासोतीमा बुधबार साँझ कार र मोटरसाइकल साईकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक पुरुषको मृत्यु भएको छ भने अर्कि एक जना महिला घाईते भएकी छिन ।

बुधबार साँझ करिब ६ बजेको समयमा कावासोतीको खरकट्टा जंगलमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको कावासोती खानेपानीका अध्यक्ष समेत रहेका लम्सालको वाग्मति प्र.०१-०२९ च ०२४८ नं को निजि कार र विपरीत दिशाबाट आउदै गरेको बागमति प्र.०३-०४ प १९५८ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हुप्सेकोट-२ का धनबहादुर सार्कीको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार हुप्सेकोट-१ कि बिनु गुरुङ घाईते भएकी र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए ।

डिएसपी पौडेलका अनुसार यस अघि फरार भनिएका कारका चालक कावासोती-८ निवासी दिपक लम्साल प्रहरी नियन्त्रणमा रहेका र कार उनैले चलाएको पुष्टि भएको प्रहरीले जनाएको  छ । लम्साल कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष समेत हुन ।

प्रकाशित : २०८० पुष २६ गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI