बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु दुई घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ४ गते २२:००
बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु दुई घाईते

कावासोती । नवलपुरको बुलिङ्गटार गाउँपालिका वडा नं १ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छ ।

कालीगण्डकी करिडोरमा तरङ्गे खोला देखि बुलिङ्गटार बजार तर्फ आउदै गरेको फलामे रड बोकेको लु ४ त २३१३ नं.को ट्याक्टर अनियन्त्रीत भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार बुलिङ्गटार -३ का चन्द्र बहादुर दर्लामीको ट्रयाक्टरले च्यापेर मृत्यु भएको छ भने धनबहादुर नेपाली र मिनबहादुर सार्की घाईते भएका नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते नेपालीलाई थप उपचारका लागि भरतपुर पठाईएको छ भने अर्का घाईते नेपाली स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएका छ्न ।

प्रकाशित : २०८० माघ ४ गते २२:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI