तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ८ गते ९:१५
तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

कावासोती । तनहुँको देवघाट गाउँपालिका-२ कोटवैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा आइतबार राति ८ बजे मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

दमौलीबाट छिपछिपे तर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक बायाँ साइडबाट सडकदेखि करिब ५ सय मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा देवघाट-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको उद्धार गरी दमौली अस्पतालमा उपचारका लागि पठाइएकोमा सोमबार बिहान करिब २:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मिनी ट्रकका चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०८० माघ ८ गते ९:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI