यू–१९ विश्वकप : नेपाल पाकिस्तानसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १० गते ९:००
यू–१९ विश्वकप : नेपाल पाकिस्तानसँग खेल्दै

कावासोती । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।

खेल दिउँसो पौने २ बजेदेखि इन्ट लण्डनमा शुरु हुँदैछ । नेपाल समूह डीमा रहेको छ । पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको थियो ।

यसअघिका दुवै भेटमा न्यूजिल्याण्डलाई पराजित गरेको नेपालले यसपालि भने ६४ रनको हार बेहोरेको हो ।

त्यस्तै पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो समूहमा पाकिस्तानमा बलियो टिम मानिन्छ ।

तर न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै अर्को चरणमा पुगिसकेको छ ।

अर्को चरण प्रवेश सम्भावना राख्न नेपालले पाकिस्तानमाथि जित हासिल गर्नुपर्छ । नेपालले न्यूजिल्याण्डसँग गरेको गल्ती कम गरी आत्मविश्वासका साथ मैदानमा उत्रने हो भने पाकिस्तानसँगको जित टाढा भने छैन ।

प्रकाशित : २०८० माघ १० गते ९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI