कुमारवर्ती बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १५ गते १८:२९
कुमारवर्ती बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

शारदा झेडी मगर, कावासोती । कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको ३६औ वार्षिकोत्सव तथा  तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्र पोख्रेलको अध्यक्षता तथा गण्डकी प्रदेशका पुर्व आन्तरिक मामिला मन्त्री एवं गण्डकी सभा सदस्य रोशन बहादुर गाहामगरको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गाहा मगरले क्याम्पसको उन्नति र प्रगतिका लागि पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै स्थापना कालिन समयको संघर्षहरु स्मरण गर्नु भयो ।

२०४५ सालमा स्थापना भएको क्याम्पसले भोगचलन गर्दै आएको जग्गाको जग्गा धनी प्रमाण पत्र प्राप्त गर्न नसक्नु दुःखद भएको गाहाले बताउनु भयो । जग्गाको प्रमाण पत्रकालागी र कलेजलाई अझै व्यवस्थित रुपमा अगाडि लैजानका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्दै आइरहेको र आफ्नो जिम्मेवारी अनुसार अझै पनि कलेजका लागि धेरै काम गर्ने प्रतिबद्धता गाहाले व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बाबुराम विश्वकर्माले संविधानमा सबैका लागि शिक्षा, कक्षा १२ सम्म निशुल्क शिक्षा हुनुपर्ने उल्लेख भए पनि ब्यवहारमा लागू गर्न निकै गाह्रो भएको बताउनु भयो । हुनेखाने र हुँदा खाने बिच शिक्षा प्राप्तिमा फराकिलो अन्तर रहेकोले गरिबका छोराछोरीले अझै पनि चन्दा दाता, अक्षय कोशको भर पर्नु पर्ने स्थिति रहनु दुखद् भएको बताउनु भएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । भने बिभिन्न अक्षयकोस प्राप्त रकम बाट गरिब, जेहेन्दार , जनजाति ,दलित अनुशासित, उत्कृष्ट रिजल्ट हासिल गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रम नेपाली कांग्रेसकी नेतृ एवं पुर्व गण्डकी प्रदेस सदस्य ओमकला गौतम, नेपाली कांग्रेसका कार्यबाहक सभापती चन्द्र बहादुर राना, कावासोती नगरप्रमुख बिष्णु भुषाल, बिभिन्न क्याम्पसका क्याम्पस प्रमुख एवं प्रतिनिधि बिभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधी समाजसेवी शिक्षा प्रेमी, प्राध्यापक, अभिभावक बिद्यार्थी लगायतकाको उपस्थीति रहेको थियो ।

प्रकाशित : २०८० माघ १५ गते १८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI