राईनो कपको सेमिफाइनल समीकरण : संकटालाई पराजित गर्दै अठ्ठाइस बिगाहा सेमीफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ५ गते १८:१४
राईनो कपको सेमिफाइनल समीकरण : संकटालाई पराजित गर्दै अठ्ठाइस बिगाहा सेमीफाइनलमा

कावासोती । नवलपुरको मध्यविन्दु-२ कोल्हुवाको राईनो रंगशालामा गत माघ २७ देखि जारी छैटौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार सम्पन्न अन्तिम क्वाटरफाईनलमा २८ बिघा युवा क्लबले संकटा क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको ९ औँ र ३२ औँ मिनेटमा जर्सी नम्बर १७ का खेलाडी समिर तामाङको २ गोलको सहयोगमा अठ्ठाइस बिगाहा क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । संकटाका तर्फबाट खेलको ४५ औँ मिनेटमा जर्सी नम्बर ८ का खेलाडी गणेश हमालले एक गोल मात्रै फर्काए ।

यो सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । आईतबार हुने पहिलो सेमिफाइनलमा गण्डकी प्रदेश र विभागीय टिम नेपाल पुलिस बीच हुने छ भने दोस्रो सेमिफाइनलमा सेन्टर कलेक फोर ब्रर्दश भुमही र २८ बिघा युवा क्लब बिच ७ गते सोमबार हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित : २०८० फागुन ५ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI