जिएम कप राष्ट्रिय भलिबल : पहिलो दिनको खेलमा पुलिस, आर्मी र एपीएफ विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ५ गते २१:२५
जिएम कप राष्ट्रिय भलिबल : पहिलो दिनको खेलमा पुलिस, आर्मी र एपीएफ विजयी

कावासोती । नवलपुरको सदरमुकाम कावासोतीमा शनिबारबाट प्रथम जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।

आयाेजक जिएम समाज, पश्चिम नवलपरासी,गण्डकी प्रदेश र विभागीय टिमहरूकाे सहभागिता रहेकाे भलिबल प्रतियोगिताको पहिलो दिनको खेलमा विभागीय टिमहरुको दबदबा रहयो ।

प्रतियोगिताको पहिलो खेलमा पुलिसले पश्चिम नवलपरासीलाई १५,१३ र १२ काे सोझो सेटमा पराजित गरेकाे थियो ।

यसैगरी  दाेश्राे खेलमा एपिएफले जिएम समाजलाई १९,१३ र २१ तथा तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नवलपरासी मणि मुकुन्दलाई १५,१६ र २२ काे सोझो सेटमै पछाडि पारेको छ ।

यस्तै जिएम समाज र गण्डकी प्रदेश बीचकाे खेलमा भने जिएम समाजले २ सेट र गण्डकी प्रदेशले १ जित निकाल्दा साँझ परेपछि बीचैमा रद्द हुन पुगेको छ ।
प्रथम जिएम कप आमन्त्रित भलिबल प्रतियोगिताको विजेता र उप विजेताले कम्रश: २ लाख र १ लाख हात पार्नेछन् ।

 

प्रकाशित : २०८० फागुन ५ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI