पुलिसलाई सडन डेथमा हराउँदै गण्डकी राईनो कपको फाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ६ गते १८:४६
पुलिसलाई सडन डेथमा हराउँदै गण्डकी राईनो कपको फाईनलमा

कावासोती । विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउदैँ गण्डकी छैटौं राईनो संरक्षण गोल्डकपको फाईनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टोलिबाट गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको थियो ।टाइब्रेकरमा पनि दुवै टोलीका पाँच खेलाडीले पाँचै गोल गरेका थिए । त्यसपछि खेल सडन डेथमा धकेलियो  । सडन डेथमा पुलिसको तर्फबाट गोल हुन नसके पछि गण्डकी विजयी भएको हो ।

भोलि दोस्रो सेमिफाइनलमा सेन्टर कलेज फोर ब्रर्दश भुमही र २८ बिघा युवा क्लब भिडने छ्न ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछन भने सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : २०८० फागुन ६ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI