जिएम कप भलिबल : पुलिस र एपीएफ विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ६ गते २१:१४
जिएम कप भलिबल : पुलिस र एपीएफ विजयी

घनश्याम बगाले, कावासोती ।  प्रथम जिएम कप राष्ट्रिय भलिबलकाे दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लव र एपिएफ बिजयी भएका छन् ।

आईतबार सम्पन्न दोस्रो खेलकाे पहिलाे सेटमा नेपाल आर्मी क्लवले २५ /१८ र दाेश्राे सेटमा पुलिसले २५ / १९ ले जित निकाल्दै खेललाई बराबरी गरेकाे थिए ।
तेस्रो सेटमा पुन: पुलिसले २७/२५ मा पुनः जित निकाले पछि चाैंथाे सेटमा आर्मीले २५/२० मा पुलिसलाई पछाडि पार्न सफल रह्याे ।

आर्मी र पुलिस बीच भएकाे दुई/दुई सेट जितलाई निर्णयार्थ खेलिएकाे बेष्टअफ फाईभ खेलकाे प्रतिष्पर्धामा पुलिस १८/१६ काे जित सहित विजयी भएकाे हाे ।

यस अघिकाे पहिलाे खेलमा आयाेजक जिएम समाज कावासाेतीलाई गण्डकी प्रदेश टिमले २५/२१,२५/२२ र २६/२४ काे साेझाे सेटमा पराजित गरेकाे थियाे ।

दाेस्राे दिन नवलपुरको कुमारवर्ती क्याम्पस ग्राउन्डमा भएकाे दाेश्राे दिनकाे तेस्रो खेलमा बिभागीय टिमले एपिएफले २५/१८,२५/१३ र १५/१३ सहित जित निकालेको छ ।

एपिएफकाे प्रतिष्पर्धी गण्डकी प्रदेशले २५/१७ र २५/२३ मा चित्त बुझायो । आइतबार सम्पन्न तीन खेलमा गण्डकीका खेलाडी सन्तोष बिक, पुलिस क्लवका बलराम गुरूङ्ग र एपिएफका बिजय थापा म्यान अफ दि म्याच घाेषित भए।

साेमबार आर्मी र एपिएफ तथा पुलिस र गण्डकी बीच सेमिफाइनल खेल हुने खेल संयाेजक कृष्ण रानाले बताए ।

प्रकाशित : २०८० फागुन ६ गते २१:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI