जिएम कप राष्ट्रिय भलिबलको फाईनलमा पुलिस र एपिएफ खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ७ गते १८:२४
जिएम कप राष्ट्रिय भलिबलको फाईनलमा पुलिस र एपिएफ खेल्ने

घनश्याम बगाले, कावासोती । कावासोतीमा जारी प्रथम जिएम कप आमन्त्रित   भलिबल खेलमा नेपाल पुलिस र एपिएफ फाइनल पुगेकाछन् ।

तेस्राे  दिन  साेमवारकाे पहिलाे सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५/१७,२५/११ र २५/२१ काे जित निकाले थियाे ।

साेही खेलमा गण्डकीले २५/२१ काे १ सेटमात्र हात पार्न सफल भयाे । गण्डकीलाई हराए संगै नेपाल पुलिस क्लवले फाईनल यात्रा तय गरेकाे हाे ।

त्यसै गरि नेपाल आर्मी क्लव र एपिएफ बिचकाे खेलमा एपीएफले आर्मी लाई  २५/१७,२५/१४र २५/१९ काे साेझाे सेटमा हराउदै फाईनल पुगेकाे हाे ।
मंगलबार गण्डकी र आर्मी  बीच थर्ड प्लेस र एपीएफ र  पुलिस फाईनल भिड्नेछन्  ।

सम्पन्न खेलमा पुलिस क्लवका बिनय चन्द र एपिएफका लाेकेन्द्र गिरी  म्यान अफ दि म्याच घाेषित भए ।

प्रकाशित : २०८० फागुन ७ गते १८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI