अठ्ठाइस बिगाहा राईनो संरक्षण गोल्डकपको फाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ७ गते १८:३४
अठ्ठाइस बिगाहा राईनो संरक्षण गोल्डकपको फाईनलमा

कावासोती । सेन्टर कलेज फोर ब्रर्दशलाई १-० गोल अन्तरले हराउदैँ अठ्ठाइस बिगाहा युवा क्ल्ब छैटौं राईनो संरक्षण गोल्डकपको फाईनलमा पुगेको छ ।

अठ्ठाइस बिगाहाका समीर तामाङले ८५औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल साबित भयो ।

प्रतियोगिता अन्तर्गत बुधबार फाइनल खेलमा अठ्ठाईस विगाहा कावासोती र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछन भने सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : २०८० फागुन ७ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI