प्रथम जिएम कप राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसलाई

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ८ गते १९:१३
प्रथम जिएम कप राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसलाई

घनश्याम बगाले, कावासोती । कावासोती मा जारी राष्ट्रिय जिएम कप भलिवलकाे फाईनलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लवले सशस्त्रकाे एपिएफ क्लबलाई हराउदै जिएम कपको उपाधि हात पारेकाे हाे ।

खेलकाे सुरूवाति सेट नेपाल पुलिसले २४ विरुद्ध २६ स्काेर सहित जितेकाे थियाे भने, दाेश्राे सेटमा एपिएफले २१ विरुद्ध २५ स्काेर साथ खेललाई बराबरी पार्न सफल रह्यो ।

तेस्रो सेटमा पुलिसले एपिएफलाई २५/२१ मा पछाडि पार्दा, चाैथाे सेटमा एपिएफले २५/ २१ कै स्काेरमा जित निकालेर खेल बराबरीमा पुर्‍याएको थियो ।

बेष्ट अफ फाईभकाे अन्तिम सेटमा एपिएफलाई  १५/१२ काे स्काेरमा पछाडि धकल्दै नेपाल पुलिस क्लव जिएएम कपकाे विजेता बनेकाे हाे ।

फाईनल खेलकाे नतिजासंगै जितमा पुरापुर आशावादी बनेकाे सशस्त्र प्रहरीकाे एपिएफ क्लवले उपबिजेताकाे उपाधिमा चित्त बुझाएको छ ।

यसै बिच प्रतियोगिताको तेश्राे स्थानको उपाधि गण्डकीले जितेको छ ।

गण्डकीले २५/१७,२५/१८ र  १५/ ११ स्काेरकाे जित निकालेकाे थियाे ।

साेही खेलमा त्रिभुवन आर्मी क्लव भने पहिलाे र तेस्रो सेेट २५/१७ र २५/१५ स्काेरमा सिमित रहन गयाे ।

यहि फागुन ६ गतेबाट जिएम समाज नवलपुरकाे आयाेजनमा संचालित जिएम कप आमन्त्रित  राष्ट्रिय भलिवल प्रतियोगिताकाे याे पहिलाे संस्करण हाे ।

जि एम कप उपाधि बिजेता प्रथम द्वितीय र तृतीय हुने समूहले शिल्ड, मेडलर प्रमाणपत्र सहित २ लाख १ लाख र ५० हजार क्रमशः हात पारेकाछन ।

जिए कप उपाधि बिजेता समूहलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङले पुरस्कार प्रदान गर्दै आयाेजक जिएएम समाजलाई धन्यवाद दिएका छ्न ।

प्रकाशित : २०८० फागुन ८ गते १९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI