मदरबाबा मेलामा आएका भारतिय नागरिकको भिरबाट लडेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १९ गते १९:५३
मदरबाबा मेलामा आएका भारतिय नागरिकको भिरबाट लडेर मृत्यु

कावासोती । मदरबाबा मेलामा आएका एक जना भारतिय नागरिकको भिरबाट लडेर मृत्यु भएको छ ।

मदरबाबा मेला हिडेका भारत उत्तर प्रदेश कुशीनगरका पंकज कुमार कुशहवा विनयी त्रिवेणी गाउँपालिका वडा नं ६को खैरेनी जंगलको भिरबाट खसेर अचेत भएका थिए ।

अचेत अवस्थामा रहेका कुशहवालाई प्रहरीले उद्धार गरेर मध्यविन्दु जिल्ला अस्पताल ल्याएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव जिल्ला अस्पतालमा रहेको र घटनाको अनुसन्धान भैरहेको छ

प्रकाशित : २०८० फागुन १९ गते १९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI