अझै सन्चालनमा आएन पुर्व पश्चिम राजमार्ग

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २१ गते १४:३५
अझै सन्चालनमा आएन पुर्व पश्चिम राजमार्ग

कावासोती । पूर्वपश्चिम राजमार्गको पश्चिम नवलपरासीमा आइतबार दिउँसो परेको पानीले बिग्रिएको सडक अहिलेसम्म खुल्ल सकेको छैन ।

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने नवलपरासीको दाउन्नेमा आइतबार परेको सिमसिमे पानीले बाटो हिलो भएपछि गाडी चल्न नसकेको हो ।

बर्दघाट ट्राफिक प्रहरीका अनुसार आइतबार ३ बजेदेखि सडकमा गाडी चल्न नसकेको हो । हिलो माटोले गाडी ‘स्लिप’ खाए पछि सडक निर्माण कम्पनीलाई हिलो हटाउन मेसिन बोलाएर काम गरिरहेको प्रहरीले जनाएको छ ।

यता पुर्वी नवलपरासीकोको दाउन्नेको ८३ मोडमा समेत गाडी चिप्लिए पछि सवारी आवागमन रोकिएको छ । दाउन्नेको दुवै पट्टि सडक अवरुद्ध भएकाले सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रहरी निरीक्षक अच्युत आचार्यले जानकारी दिए ।

प्रहरीको सहयोगमा आंशिक रुपमा सवारी पठाईएको भए पनि सवारी आवागमन पुर्ण रुपमा सन्चालन हुन नसकेको उनको भनाई छ । अवरुद्ध स्थलमा दुवै जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले सडक निर्माण कम्पनीसँगको सहकार्यमा सडक सन्चालन गर्न काम गरिरहेको उनी बताउछ्न ।

पश्चिम नवलपरासी तर्फको बर्दघाटमा सवारी आवागमन पुर्ण रुपमा ठप्प भएको र सडक निर्माण कम्पनीले आवागमन सुचारू गर्न काम गरिरहेक बर्दघाट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी आवागमन सहज हुन समय लाग्ने बताईएको छ ।बर्दघाट र दुम्कीवास क्षेत्रमा सैयौं यात्रु अलपत्र परेका छन् ।

प्रकाशित : २०८० फागुन २१ गते १४:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI