बालिका बलात्कारको आरोपमा दुईजना बालक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २१ गते १६:२९
बालिका बलात्कारको आरोपमा दुईजना बालक पक्राउ

कावासोती । नवलपुरको देवचुलीबाट जवरजस्ती करणी गरेको आरोपमा २ बालक पक्राउ परेका छन् ।

जिल्लाको देवचुली नगरपालिका घर भएका २ बालकहरु नाबालिक माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माका अनुसार फागुन ६ गते स्थानीय ५ बर्षिय नाबालिकालाई करणी गरेको आरोपमा १३ र १४  वर्षका २ बालकहरु पक्राउ परेका हुन् ।

बालिकालाई चकलेट दिएर नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएपछि प्रहरीले बालकहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको हो ।

फागुन ६ गते भएको घटनाको भोलिपल्टै प्रहरीले बालकहरुलाई उनिहरुको घरबाटै नियन्त्रणमा लिएको हो । आरोपित   बालकहरु कक्षा ६ र कक्षा ७ मा अध्ययनरत छन् भने उनिहरुलाई बाल निगरानीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०८० फागुन २१ गते १६:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI