नारायणी नदिमा पुरुष मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २१ गते १९:३१
नारायणी नदिमा पुरुष मृत फेला

कावासोती । नारायणी नदिमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छ्न ।

नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नं-२ स्थित नन्दपुरमा नारायणी नदिमा तैरिएको अवस्थामा पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५/४० वर्ष जस्तो देखिने परिचय नखुलेका पुरुष नदिमा मृत अवस्थामा तैरिएको देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित : २०८० फागुन २१ गते १९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI