यात्रुबहाक बस त्रिशुलीमा खस्दा ४ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २३ गते ७:३८

कावासोती । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खसेकाे छ ।

विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको  यात्रुवहाक बस त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको  हुन सक्ने प्रहरीले बताएकाे छ ।

बसमा सवार ३२ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

बसमा सवार यात्रुहरुको खोजीको लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको। बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेकाे छैन ।

प्रकाशित : २०८० फागुन २३ गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI