त्रिशुली दुर्घटना अपडेट : मृत्युहुनेको संख्या ६ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २३ गते ९:०२

कावासोती । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित छ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । पृथ्वीराज मार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरी ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने वर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०८० फागुन २३ गते ९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI