सशस्त्र वनरक्षकको निगरानीमा रहेका गोलिया आगलागी बाट नष्ट

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २६ गते १७:१३
सशस्त्र वनरक्षकको निगरानीमा रहेका गोलिया आगलागी बाट नष्ट

कावासोती । नवलपुरको दुम्किबासको चक्ला वन क्षेत्रमा सशस्त्र वनरक्षकको निगरानीमा घाटगद्दी गरेर राखिएको गोलिया आगलागीका कारण जलेर नष्ट भएका छ्न ।

शिवरात्रीको दिन शुक्रबार दिउँसो करिब दिन को १ बजे आसपास अचानक लागेको आगलागीका कारण करिब ६ सय  क्युबिक फुट काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।

जमदारको नेतृत्वमा ११ जना सशस्त्र वनरक्षकको निगरानीमा रहेको चक्ला वन क्षेत्रमा घाटगद्दी गरेर राखिएको काठमा भएको आगलागीको कारण भने पत्ता लाग्न नसकेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारी बताउछ्न । घाट गद्दीमा अचानक आगो लागे पछि सशस्त्र वन रक्षक, नेपाल प्रहरी र कावासोती नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो ।

सडक बिस्तारको क्रममा काटिएका सालका गोलिया आगलागी बाट नष्ट भएका अधिकारीले बताए । सडक बिस्तारका क्रममा तीन वर्ष अगाडि देखि काटिएका काठ दाउरा सडक निर्माण कम्पनीले डिभिजन वनलाई हस्तान्तरण गरेपछी विनयी त्रिवेणी-१ को चक्ला वनमा सशस्त्र वनरक्षकको निगरानीमा घाटगद्दी गरेर राखिएको थियो ।

उनका अनुसार ७४ थान गोलिया रहेको घाट गददीमा रहेका ५३ थान गोलिया नष्ट भएका छ्न भने २१ वटा गोलियालाई जोगाईएको उनले बताए । त्यसै गरि आगलागीबाट १ चट्टा दाउरा समेत नष्ट भएको छ । दुईपटक सम्म लिलाम बिक्रीको सूचना निकाले पनि बिक्री हुन नसकेको काठ सशस्त्र वनरक्षकको निगरानीमा घाट गद्दी गरेर राखिएको थियो । वन रक्षकको निगरानीमा राखिएको काठमा भएको आगलागीको विषयमा अनुसन्धान भैरहेको अधिकारी बताउछ्न ।

दिउसोको समयमै सशस्त्र वन रक्षकको निगरानीमा रहेको काठ दाउरा आगलागी बाट नष्ट भएको घटना सार्वजनिक भए पछि डिभिजन वनको सुरक्षा व्यवस्थामा समेत प्रश्न उठेको छ।

प्रकाशित : २०८० फागुन २६ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI