फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २८ गते १६:१८
फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

कावासोती । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।

प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए ।

भागेका कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०८० फागुन २८ गते १६:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI