राजनैतिक धोकाबाट जन्मिएको सरकारको भविष्य छैन : नेता कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २८ गते १७:१६
राजनैतिक धोकाबाट जन्मिएको सरकारको भविष्य छैन : नेता कोइराला

कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले प्रचण्ड नेतृत्वको सरकारको भविष्य नभएको बताएका छ्न ।

सोमबार नवलपुरको पिठौलीमा प्रजातन्त्रका सेनानी एवं कांग्रेस नेता कुमबहादुर गुरुङको शोक सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन ।

राजनैतिक धोकाबाट बनेको सरकार भएकाले यो सरकार धेरै नटिक्ने कोइरालाको दाबी थियो । राष्ट्रपति बनाउने भन्दै गिरिजाप्रसादलाई धोका दिएका प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष निर्वाचन अगाडी फेरि पनि कांग्रेसलाई धोका दिएको कोइरालाले बताएका हुन । “प्रचण्डले विगतमा झै धोका दिनु भयो, यो राजनैतिक धोकाधडीबाट बनेको सरकार हो यस्को भविष्य छैन”, कोईरालाले भने ।

कार्यक्रम पछि सन्चारकर्मीहरु सँगको कुराकानीमा कोइरालाले गठबन्धन  प्रचण्डको राजनैतिक बैमानीका कारण टुटेको भए पनि कांग्रेसका लागि राम्रो भएको बताएका थिए । केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यक लागि गठबन्धन टुटनु राम्रो भएको र अब निर्वाचन अगाडी कांग्रेसले गठबन्धन नगर्ने कोइरालाको भनाई थियो ।

“प्रचण्डबाट धोका भएको हो, धोकानै भए पनि गठबन्धनबाट कांग्रेस मुक्त भएको छ, अब पार्टी संगठन बनाउन र पार्टी भित्रका फरक बिचार समुहका साथीहरु सँग गठबन्धन गरेर अगाडि बढने अवसर आएको छ”, कोइरालाले भने ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, क्षेत्रीय सभापति अमृत भट्ट्चन सहित कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

प्रकाशित : २०८० फागुन २८ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI