स्याल मार्न विषादीकाे प्रयाेग, विषाक्त सिनाेले गिद्धकाे हताहती बढ्दाे

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २९ गते ७:४९
स्याल मार्न विषादीकाे प्रयाेग, विषाक्त सिनाेले गिद्धकाे हताहती बढ्दाे

घनश्याम बगाले, कावासोती । पूर्व पश्चिममकाे व्यस्त राजमार्गमा आईतवार बिहान झण्डै एक दर्जन गिद्ध एकाएक झुम्मिए । गिद्ध झुम्मिनुकाे कारण थियाे, जंगल छेउ राजमार्गमा सवारीले हानेर मरेकाे स्यालकाे सिनाे फेला पर्नु ।

नवलपरासी पूर्व कावासाेती हाट बजार नजिकै कुसनहरी चाेक नेर स्यालकाे सिनाे गिद्धहरूले मिनेट भरमा खाएर महेन्द्र राजमार्ग सफा पारेका हुन् । व्यस्त राजमार्गमा हिडेका बस, जीप,साईकल माेटरसाईलकाे कुनै प्रवाह नगरि गिद्ध केही वेर स्यालकाे सिनाेमा रमाई रहे । गन्तव्यमा हिडेका यात्रु तथा सवारी चालकले पनि आफ्ना सवारी राेकेर गिद्धहरूले आहार खाई रहेकाे दृश्य हेरे  त कतिले आफ्ना माेवाईलमा त्यही दृश्यलाई कैद गरे । क्षण भरमै सिनाे पनि सकियाे, राजमार्ग सफा भयाे, प्रकृतिका कुचिकार गिद्धहरू सडक छेउ लागे, यात्रु र सवारी पनि गन्तव्य तिर हिडे ।

पछिल्लो समय वातावरणलाई सफा बनाई राख्ने यी कुचिकार संकटमा परेकाछन् । धन्न यस पटक जंगलमै स्वस्थ्य स्यालकाे सिनाेलाई आहार बनाएकाले गिद्धहरू सकुसल रहे ।

केही अघि फागुन ७ गते कावासाेतीकै ११ नम्वर वडामा  स्यालकाे सिनाे खाँदा आधा दर्जन गिद्ध मरेका थिए ।

मरेका गिद्धहरूमा ५ वटा डङ्गर जातकाे तथा १ हिमाली प्रजातिकाे रहेकाे थियाे ।
बिष दिएर मारिएकाे स्यालकाे सिनाे परेछ, गंभीर अवस्थामा भेटिएका ६ गिद्धलाई स्थानीय जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिले उद्धार गरि उपचार गरेकाे हाे ।
समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिवी चाैधरी उपचारमा ल्याईएका ६ गिद्ध मध्ये १लाई बचाउन नसकिए पनि बाकी ५ वटालाई स्वस्थ्य बनाई आईतबार जंगलमा छाडिएकाे बताउनु हुन्छ ।

चाैधरीका अनुसार गिद्धले जुन सुकै प्रकारकाे सिनाेलाई आफ्नाे आहार बनाउने हुँदा यसले गाउँ सहरलाई सफा राख्न सघाई रहेकाे हुन्छ ।

गाउँ घर तथा सहर बजारमा कुखुरा हाँसलाई स्याल, कुकुर , बिरालो आदिबाट बचाउन मानिसले मासुमा बिष हालि पासाे थाप्ने प्रचलन बढेकाे छ ।

तिनै बिषाक्त चीज खाएर मरेका स्याल कुकुरका सिनाे खाडल खनेर नगाडी त्यसै फालिदा गिद्धहरूले त्यही आहार खाएर ठाउँ ठाउँमा मरेकाे पाईएकाे छ ।

गत वर्ष फागुन ३० गते स्थानीय कावासाेती ३ र १६ अन्तर्गत केरूङ्गे खाेलामा ६ ओटा गिद्ध बिषाक्त सिनाे खाएर मरेकाे भेटिएकाे थियाे । गम्भिर अवस्थामा भेटिएका गिद्धहरूलाई बिष प्रतिराेधी सुई दिएर कठिनाइ पूर्वक बचाईएकाे स्थानीय ईश्वरी चाैधरीले बताउनु भयाे । त्यस बखत पनि घटना स्थल वर पर ३ वटा मरेका स्यालकाे सिनाे फेला परेकाे बताईएकाे थियाे ।
अझ अघिल्लो वर्ष पश्चिम नवलपरासी सदरमुकाम नजिककाे उजैनीमा बिषाक्त कुकुरकाे सिनाे खाएर ठूलाे संख्यामा गिद्ध मरेका थिए ।

हिजका दिनमा मानिसकाे आवादी कम हुँदा गाउँ देखि अलग्ग डाँडा, पाखा र खाेल्सामा फालिएका मृत पशुका सिनाे खाई गिद्धहरूले स्थानीय वातावरणलाई दूर्गन्धित हुनबाट जाेगाई राखेकै थिए । तर आज भाेलि मानवीय हेल चक्य्राई बढेकाे छ, राजमार्गमा छाडा गाई,बाच्छा,कुकुर बिराला, कुखुरा जस्ता पशुपन्छी सवारीले हानेर हाेस या मानिसले फालिदिदा सडक पनि दुर्गन्धित हुने गरेकाे छ ।

प्रकृतिका कुचिकार संकटापन्न गिद्ध लगायत चील र काग आदिले ती सिनाे खाई दिएर प्राकृतिक वातावरणमा स्वच्छता अभिबृद्धि हुनु पक्कै पनि सुखद कुरा हाे ।डाईकलाेफेनेक ओैषधि प्रयाेग गरेका गाई वस्तु मरे पछि त्यही सिनाे खाएका गिद्ध मर्ने क्रम बढे पछि याे ओैषधीकाे प्रयाेगमा राज्यले नै राेक लगाएकाे छ । जसबाट गिद्धकाे संख्या बढाउने कार्यमा केही सुधार आईरहेका बेला बिषाक्त सिनाेबाट झन ठूलाे संख्यामा गिद्धहरूकाे हताहतीले संरक्षण कर्ममा चिन्ता थपेकाे छ ।

बिगत केही महिना यता नवलपरासी पूर्वमा संकटापन्न गिद्ध तथा पाटेबाघ मर्ने र मारिने क्रम बढे पछि तिनको पाेष्टमार्टम गरी परीक्षणका लागि पठाईएका नमूनाकाे नतिजा हाल सम्म आएका छैनन् ।

प्रकाशित : २०८० फागुन २९ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI