सडक बिस्तारमा झिनाे प्रगति,  लाेकाहा पुलमा गर्डर लन्चिङ्ग हुदै

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ३० गते १०:५८
सडक बिस्तारमा झिनाे प्रगति,  लाेकाहा पुलमा गर्डर लन्चिङ्ग हुदै

घनश्याम बगाले, कावासोती । बुटवल नारायणगढ  पूर्वी खण्ड सडक बिस्तारकाे कार्य प्रगति ४८ प्रतिसत पुगेकाे छ । सडक बिस्तारकाे झिनाे गति बीच आयाेजनाले ठूला पुलमा गर्डर राख्ने काम पनि थालेकाे छ ।

पूर्व पश्चिमकाे व्यस्त सडक निर्माण हुँदै गर्दा कतै पिच त कतै धुलाम्मे अवस्थामा सवारी तथा यात्रुहरू राजमार्गमा हिडि रहेकाछन् । सडक पिच गर्ने क्रममा मंगलबार पूर्वी नवलपरासी सदरमुकाम कावासाेती स्थित खरकट्टा जंगलमा दुई तर्फी कालाेपत्रकाे काम सकिएकाे छ ।

सडक बिस्तार ठेक्का पाएकाे चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पाेरेशनले जंगल क्षेत्रकाे करिव ४ किलाेमिटर दुरिमा बाँकि रहेकाे हात्तीलिढे खण्डमा पिच गरे संगै दुई तर्फी काम सकिएकाे हाे । यस्तै पूर्वी खण्डकाे यस सडकलाई पहिलाे चरणकाे दुई तर्फी पिच गर्ने काम रजहर,अमरापुरी र हर्कपुर क्षेत्रमा यस अघि नै भई सकेकाे छ ।

चाईना स्टेटका प्राेजेक्ट म्यानेजर ईन्जिनियर राकेश झाका अनुसार खरकट्टामा सडककाे काम सकिएकाले अब चाेरमार जंगल खण्डमा पिचकाे काम थालिने छ । त्यस पछि क्रमशः पिताैजी, डण्डा र कावासाेती क्षेत्रमा सडककाे दक्षिणी भागमा पिचकाे काम हुने झाले बताउनु भयाे । वर्षाैं सम्म धुलाे र हिलाेले आजित यात्रु, सवारी चालक तथा स्थानीयले सडक खण्डमा भई रहेकाे छिटपुट कालाेपत्रकाे कामले थाेरै भए पनि राहत मिलेकाे बताएकाछन् ।

हाल सम्म नारायणगढ देखि डण्डा सम्म दुवै तर्फ गरि कुल २४ दशमलव ५ किमि सडक पिच गर्ने काम पूरा भएकाे छ । ईन्जिनियर झाले पूर्वी खण्डकाे समग्र सडक निर्माणमा भाैतिक प्रगति ४८ प्रतिसत पुगेकाे जानकारी दिनु भयाे । निर्माणकै क्रममा पूर्वी खण्डका ठूला १२ पुल मध्ये ११ ओटाकाे सवस्टक्चर पूरा भएकाे र लामाे पुल अरूणखाेलामा पनि निर्माणकाे काम अघि बढेकाे जनाईएकाे छ । त्यसै गरि लाेकाहा पुलमा गडर लन्चिङ्गकाे काम दुई ठूला मेसिन आएसंगै सुरू भई सकेकाे झाले बताउनु भयाे । निर्माण कम्पनीले पुलमा बिछाउने कंक्रिट गडर सम्वन्धित पुलकाे दायाँबायाँ यस अघि नै निर्माण गरि राखे पनि मेसिन अभावमा लन्च गर्न सकेकाे थिएन ।सडकका साना २२ पुलमा २० ओटाकाे काम सकिएकाे र बाँकी २ मा पनि काम भई रहेकाे झाकाे भनाई छ ।

कम्पनीले ताेकिएकाे म्याद भित्र नारायणगढ देखि दुम्किबास सम्म ६१ किलोमिटर सडकमा एक तर्फी भए पनि सडक पिच गर्ने लक्ष्य सहित अघि बढेकाे बताएकाे छ । जसका लागि कम्पनीले १४ ग्रेडर, १४ राेलर,१८ एक्साभेटर,३५ डम्फर तथा पिच गर्ने २ पिभर सहित ४ ओटा पिच राेलरका साथ सडक निर्माण कार्यमा दैनिक करिव ८ सय कामदार खटिएकाे जनाएकाे छ ।

सरकारले चाईना स्टेटलाई २३ जुलाई २०२४ सम्म सडक निर्माणकाे काम सक्ने गरि पछिल्लो पटक म्याद थपेकाे थियाे । सडक क्षेत्रकाे भाैगाेलिक अवस्था र निर्माणकाे काममा अल्लि पछि परेकाे दाउन्ने खण्डमा बनाउनु पर्ने ३३ कल्भर्ट मध्ये ८ वटा बक्स कल्भर्टकाे काम भई रहेकाे बताईएकाे छ । पहाडी भूगाेलकाे जटिलता बीच बाँकी कल्भर्टकाे काम पनि अप्रिल अन्तिम सम्म जारि रहने कम्पनीले बताई रहदा यस पटककाे वर्षामा दाउन्ने क्षेत्रमा यात्रुले थप कष्ट भाेग्नु पर्ने त हाेईन थप चिन्ताकाे बिषय बनेकाे छ ।

राष्ट्रिय गाैरभकाे यस आयाेजनामा १६ अर्व ९९ कराेड ५२ लाखकाे लागतमा ४२ महिना भित्र सक्ने गरी विगत २०७५ चैत महिनाबाट सडक बिस्तारकाे काम सुरू भएकाे थियाे ।

प्रकाशित : २०८० फागुन ३० गते १०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI