भूमि आयाेग नवलपुरको कार्य प्रगति सार्वजनिक : १३ हजार बढी पुर्जा वितरणको अन्तिम तयारी

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत १ गते ६:५९
भूमि आयाेग नवलपुरको कार्य प्रगति सार्वजनिक : १३ हजार बढी पुर्जा वितरणको अन्तिम तयारी

घनश्याम बगाले, कावासोती । राष्ट्रिय भूमि आयाेग जिल्ला समिति पूर्वी नवलपरासीले हाल सम्मका काम र उपलब्धिहरू सार्वजनिक गरेकाे छ ।

सदरमुकाम कावासाेतीमा  बुधबार जिल्ला समितिका पदाधिकारीहरू, मालपाेत तथा नापी कार्यालय प्रमुख माझ पत्रकार सम्मेलन गरि आयाेगले कार्य उपलब्धि सार्वजनिक गरेकाे हाे ।

आयाेगले हाल सम्म हुप्सेकाेट २ र मध्यविन्दु १ मा गरि ३ सय पूर्जाकाे सम्पूर्ण प्रक्रिया पूरा गरेकाे छ ।

जस मध्ये भूमिहीन दलित तथा भूमिहिन सुकुम्बासी र अव्यवस्थित गरि २ सय ७० घर परिवारलाई जग्गाधनी पूर्जा वितरण गर्ने  कार्य सम्पन्न भएको जनाएको छ ।

राष्ट्रिय भूमि आयाेगका जिल्ला अध्यक्ष तारापति खरेलका अनुसार हाल सम्म ३१ हजार ९ सय ३१ निवेदन आयाेगलाई प्राप्त भएकाे बताउनु भयाे । जसमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित र यश अघिका अधुरा जग्गा दर्ता सम्वन्धी निवेदनहरू रहेकाछन् ।

आयाेगले कावासाेती,देवचुली,मध्यविन्दु र हुप्सेकाेट सहितका ४ स्थानीय निकायका भूमिहीन,अव्यवस्थित तथा अधुराकामका १३ हजार ४ सय ९८ निवेदनकाे छानबिन तथा जमिनकाे नाप नक्सा लगायत  सम्पूर्ण प्रक्रिया पूरा गरि पूर्जा वितरणकाे अन्तिम तयारीमा रहेकाे जनाएकाे छ ।

साथै आयाेगले यही २४ फागुनमा अन्तिम पटकका लागि एक सूचना गर्दै आफ्नाे कार्य क्षेत्र अन्तर्गत अधुरा र समस्या परेका कामकाे निवेदन  माग गरेकाे सदस्य सचिव पूर्णहरि सुवेदीले बताउनु भयाे ।

प्रकाशित : २०८० चैत १ गते ६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI