माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपुरबाट ६ हजार बढी विद्यार्थी सहभागी हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ८ गते १२:२३
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपुरबाट ६ हजार बढी विद्यार्थी सहभागी हुँदै

कावासोती । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपुरबाट ६ हजार १ सय ६६ विद्यार्थी सहभागी हुने भएका छ्न ।

चैत १५ गते बाट सुरु हुने परीक्षामा १३९ विद्यालयका ३ हजार१ सय ३४ जनाछात्र र ३हजार ३२ जना छात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख रुद्र शर्माले जानकारी दिए ।

शर्माका अनुसार परीक्षा सन्चालनका लागी जिल्लामा २८ वटा परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा ८६ वटा सामुदायिक र ५३ वटा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुने शर्माले बताए ।

परीक्षामा सहभागी हुने कुल ६ हजार १ सय ६६ मध्य जिल्लामा ८ प्राविधिक धार सन्चालन भएका विद्यालयका १ सय ९८ र ४ वटा संस्कृत धारका ३१ जना विद्यार्थी रहेका छ्न भने बाकी विद्यार्थी साधरण धारका हुन ।

यसै गरि यस वर्ष ४२ जना विद्यार्थी ग्रेड वृद्धि परीक्षाका लागि सहभागी हुने शर्माले बताए । शर्माका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।  विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्रकाशित : २०८० चैत ८ गते १२:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI