नेपालमा पहिलो पटक गैँडाकोटमा नागरिकताको अनलाइन सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत १५ गते १८:५९
नेपालमा पहिलो पटक गैँडाकोटमा नागरिकताको अनलाइन सिफारिस

कावासोती । गैंडाकोट नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिन अनलाइनमार्फत सिफारिस दिन सुरु गरेको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ ।

७ सय ५३ पालिकामध्ये गैंडाकोटबाट पहिलो पटक अनलाइन प्रणाली सुरु भएको दाबी गरिएको छ ।

केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट ७ की प्रकृति सापकोटाको अनलाइन सिफारिस गरेर सुरुआत गरेका हुन् ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने जिल्ला प्रशासन कार्यालय पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले विश्वास व्यक्त गरिन् ।

तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सञ्चालन भए पनि आगामी दिनमा राष्ट्रिय परिचय पत्र तथा अन्य परिचयपत्र निर्माणमा पनि अनलाइन सेवा सुरु गर्ने तयारी छ ।

प्रकाशित : २०८० चैत १५ गते १८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI