गैँडाकोटमा स्कुलबसको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २० गते १६:३८
गैँडाकोटमा स्कुलबसको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु

कावासोती । गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटना स्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कूल चोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कूलको बसले स्कुटरलाई ठक्कर दिएको हो ।

बाल विकास बोर्डिङ स्कूलको ना ४ ख १०४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार पर्वत जिल्लाको फलेवास नगरपालिका ४ ४ घर भई हाल भरतपुर महानगरपालिका २६ निवासी ६८ बर्षीय पार्वती पौडेलको घटना स्थलमै मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परी गैडाकोट नगरपालिका ५ निवासी २० बर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन । उनको उपचारको लागि भरतपुर चितवनतर्फ पठाएको जिल्ला जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०८० चैत २० गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI