नेकपा एस नवलपुरको उपाध्यक्षमा गिरी चयन

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २३ गते ९:५६
नेकपा एस नवलपुरको उपाध्यक्षमा गिरी चयन

कावासोती  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) नवलपुर जिल्ला कमिटिको बिशेष भेला बाट उपाध्यक्षमा मदन गिरि चयन भएका छन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) नवलपुर जिल्ला कमिटिको बैठकले उपाध्यक्षमा गिरी र उपसचिवहरुमा बिकास बिश्वकर्मा, प्रेम भट्ट र लाल बहादुर अधिकारीलाई चयन गरेको हो ।

जिल्ला अध्यक्ष गणेशमान महत्तोको अध्यक्षता एवं पार्टीका स्थायी कमिटी सदस्य एवम गण्डकी प्रदेश ईन्चार्ज तुल बहादुर गुरुङ को प्रमुख आतिथ्यता र गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल को विशेष आतिथ्यतामा बसेको बैठकले रिक्त रहेको पदाधिकारी पदपूर्ति गर्ने निर्णय गरेको हो ।

साथै बैठकले पार्टी को केन्द्रिय महाधिवेशन को बिषयमा महत्त्वपूर्ण छ्लफल गर्दै नवलपुर जिल्लामा पार्टी संगठन निर्माण गर्ने विषयमा छलफल भएको अनेरास्ववियू का गण्डकी प्रदेश अध्यक्ष ठाकुर पराजुलीले बताए ।

प्रकाशित : २०८० चैत २३ गते ९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI