एमाले नवलपुरको सम्मेलन ओलीले उदघाटन गर्ने : नेतृत्वका लागि आकांक्षीको दौड्धुप

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २३ गते १८:५१
एमाले नवलपुरको सम्मेलन ओलीले उदघाटन गर्ने : नेतृत्वका लागि आकांक्षीको दौड्धुप

कावासोती । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । यहि चैत २६ र २७ गते कावासोतीमा हुने जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

नवौं जिल्ला सम्मेलनको चैत २६ गते नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उदघाटन गर्ने पत्रकार सम्मेलनमा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिए ।

सम्मेलनमा जातीय मुक्ति समाज, जनवर्गाीय संगठन, जिल्ला सल्लाहकार, लेखा कमिटि, जेष्ठ नागरिक मञ्चबाट प्रतिनिधित्व गर्दै ६ सय ११ जना तथा जिल्ला कमिटि र मनोनित गरी एक सय ४० सहित ७ सय ५१ जना प्रतिनिधि सहभागि हुने अध्यक्ष पाण्डेले जानकारी दिए ।

सम्मेलनका लागि प्रतिनिधिबाट एक हजार ५ सयका दरले ११ लाख २६ हजार ५ सय र ९ हजार ४३३ पार्टी सदस्यबाट ५० रुपैयाँका दरले ४ लाख ७१ हजार ६५० गरी १५ लाख ९५ हजार १५० रुपैयाँ संकलन हुने पाण्डेले जानकारी दिए ।

सम्मेलनका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान एमालेले गरेको छ । सम्मेलनले १०५ सदस्सीय जिल्ला कमिटि चयन गर्नेछ । जिल्ला कमिटिमा १५ प्रतिशत युवा र ३३ प्रतिशत महिना सहभागिता सुनिश्चित गर्ने पाण्डेले बताए । सम्मेलन कावासोतीमा रहेको पानस ब्याङक्वेटमा हुने छ ।

यसै बिच नवौं जिल्ला सम्मेलनमा अध्यक्ष सहितका पदाधिकारीका लागी नेताहरुको दौडधुप सुरु भएको छ । वर्तमान जिल्ला अध्यक्ष पाण्डे आफुले तीन वर्ष कार्यकाल पूरा गर्न नपाएकाले दोहोराउने मनस्थितिमा रहेका छ्न । एमालेको गण्डकी प्रदेश अधिवेशनमा देखिएको पिएस र खगराज गुट नवलपुरमा पनि देखिने चर्चा एमाले वृतमा चलेको छ । पत्रकार सम्मेलनमा एमाले नवललुरमा गुट उपगुट नभएको बताईए पनि प्रदेश अधिवेशनको असर नवलपुर देखिने एमाले नेताहरुनै बताउछ्न

एमाले नवलपुरका अध्यक्ष पाण्डे दोहोरिने मनस्थिति बनाएको भए पनि उनको नाममा सर्वसम्मत हुने सम्भावना समेत नरहेको हो । पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट समुहका उम्मेदवार पाण्डे नै भएको एमाले कार्यकर्ताहरुमा बुझाई छ भने अर्का नेता एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट प्यानलबाट सार्वजनिक रुपमा कसैले नबोले पनि होमनाथ जैसी, होमनाथ सुवेदी तथा भिम कण्डेलको नाम चर्चामा रहेको छ । यद्यपि दुईवर्ष अगाडी आठौं जिल्ला अधिवेशनमा अध्यक्ष बन्न नपाए पछि राजनीतिक रुपमा टाढा रहने घोषणा गरेका संविधान सभा सदस्य जीवन श्रेष्ठ सर्वसम्मत अध्यक्ष हुने चर्चा समेत एमाले वृतमा रहेको छ ।

तपाई सर्वसम्मत हुने चर्चा छ भन्ने नवलपुर टाईम्सको प्रश्ननमा नेता श्रेष्ठले आफू पर्ख र हेर को अवस्थामा रहेको बताउछ्न । “म अहिले केहि भनिन, म पार्टीको जिम्मेवार सदस्य हो, अहिले यो या त्यो कसैको पक्षमा पनि नबोल्ने भएर बस्या छु, आफ्नै पक्षमा पनि बोलेको छैन”, श्रेष्ठले भने ।

प्रकाशित : २०८० चैत २३ गते १८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI