एमाले नवलपुर : अध्यक्षमा चारजना आकांक्षी

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २३ गते २१:२४
एमाले नवलपुर : अध्यक्षमा चारजना आकांक्षी

कावासोती । नेकपा एमाले नवलपुरको नवौं जिल्ला सम्मेलन रोचक हुने देखिएको छ । एमालेको गण्डकी प्रदेश अधिवेशनमा देखिएको पार्टीका उपमाहसचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको नाममा देखिएको गुट गत समुह नवलपुरमा पनि देखिने प्रष्ट भएको हो ।

यहि चैत २६ र २७ गते हुने भनिएको एमालेको नवौं जिल्ला सम्मेलनमा आफुले ३ वर्ष कार्यकाल पूरा गर्न नपाएको भन्दै वर्तमान जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे पुन: जिल्ला अध्यक्षमा दोहोरिने गरेर लागेका छ्न । “मैले मेरो कार्यकालको ३ वर्ष पूरा गर्न पाएको छैन, अबको अधिवेशनमा सहमति या निर्वाचन जुनसुकै माध्यमबाट समेत अध्यक्ष हुने गरेर म लागेको छु” पाण्डेले भने “कार्यकर्ताको साथ मलाई छ, चुनाव भए पनि म नै हो सर्वसम्मत भए पनि म नै हो ।”
नवलपुरमा वर्तमान अध्यक्ष पाण्डे पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छ्न । उनी यो समूहबाट उम्मेदवारी घोषणा गर्ने एक्लो नेता हुन ।

त्यसो त अर्का नेता एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको निकट मानिएका होमनाथ जैसी, भिम कंडेल र होमनाथ सुवेदीले पनि आफुलाई जिल्ला अध्यक्षको दाबेदार बताएका छ्न । नवलपुर टाइम्स सँगको कुराकानीमा जैसीले सर्वसम्मत या निर्वाचन दुवै मध्य एक तरिकाले आफू अध्यक्षको तयारीमा रहेको बताए । संगठनमा आफुले विद्यार्थी काल देखि अहिलेसम्म लामो समय काम गरेकाले आफू अध्यक्षको स्वाभाविक दावेदर भएको र कार्यकर्ताले आफुलाईनै रोज्ने उनको दाबी थियो । खगराज समुहकै भनेर चिनिएका एमाले नवलपुरका हालका उपसचिव भिम कंडेलले सर्वसम्मत नभए आफू अध्यक्षको उम्मेदवार हुने बताए । सर्वसम्मत भए आफू बाधक नबन्ने तर निर्वाचन हुने अवस्था आए आफू उम्मेदवार हुने उनको तर्क थियो ।

उता एमालेमा रहेर लामो समय काम गरेका होमनाथ सुवेदी जिल्ला अध्यक्षमा सर्वसम्मत नहुदा आफू उम्मेदवार हुने कुरामा पछि नहटने बताउछ्न । “म सहमतिको बाधक होइन तर एमालेमा मेरो योगदान पनि कम छैन”, उनले भने म प्रदेश कमिटीमा पराजित भएको मान्छे फेरि प्रतिनिधि आएको छु यस्ले पनि त कुरा प्रष्ट छ नि त ।”

प्रदेशमा देखिएको पिएस गुट र खगराज गुटको प्रभाव जिल्लामा देखिए सँगै एमालेका प्रतिनिधि समेत विभाजित छ । उदघाटन सत्रमा एमाले अध्यक्ष केपी ओली आउने भए सँगै अन्य जिल्लाहरुमा जस्तै अध्यक्ष ओलीको साथ कस्लाई हुन्छ भन्ने कुराले एमाले नवलपुरको अध्यक्ष बन्ने कुरा निश्चित हुने एमाले भित्रै चर्चा छ । पिएस निकट समुहबाट अहिलेसम्म मुक्तिराम पाण्डे र स्थायी कमिटी सदस्य खगराज समुहबाट होमनाथ जैसी, भिम कंडेल र होमनाथ सुवेदी देखिएका छ्न । गएको एमाले गण्डकीको प्रदेश अधिवेशनलाई लेखाजोखा गर्दा नवलपुरमा पृथ्वी सुब्बा गुरुङ अर्थात पिएस समूह बलियो देखिएको छ ।

यता सर्वसम्मत अध्यक्ष हुने चर्चा चलेका संविधान सभा सदस्य समेत रहेका जीवन श्रेष्ठ भने खुल्न चाहेन्न । अघिल्लो आठौं अधिवेशन मा समेत सर्वसम्मत आफू बनेको भए पनि घोषणा हुँदा सम्म अध्यक्ष मण्डल बाट धोका भएको उनको बुझाई छ । नवलपुर टाईम्स को प्रश्ननमा नेता श्रेष्ठले आफू पर्ख र हेर को अवस्थामा रहेको बताउछ्न । “म अहिले केहि भनिन, म पार्टीको जिम्मेवार सदस्य हो, अहिले यो या त्यो कसैको पक्षमा पनि नबोल्ने भएर बस्या छु, आफ्नै पक्षमा पनि बोलेको छैन”, श्रेष्ठले भने ।

प्रकाशित : २०८० चैत २३ गते २१:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI