विद्या भट्टराईको शपथ ग्रहण आज

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १ गते ११:४७
विद्या भट्टराईको शपथ ग्रहण आज

कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ लिने भएकी छन्।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाउने तय भएको छ।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९४ मत  र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।

भट्टराईका श्रीमान् पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

भट्टराईलाई  उपसभामुख तुम्बाहाङ्फेले सपथ खुवाउने विषयमा भने विवाद देखिएको छ।

कतिपयले सभामुख नभएको बेला उपसभामुखले बैठकको अध्यक्षता गर्न मिल्ने भए पनि सपथ खुवाउन भने नमिल्ने बताएका छन्।

‘उपसभामुखले  सभामुख नहुँदा बैठकको अध्यक्षता गर्न मिल्छ तर निर्वाचितलाई सपथ खुवाउन भने सिद्धान्त: मिल्दैन,’ वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले भने।

प्रकाशित : २०७६ पुष १ गते ११:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI