सडक दुर्घटना न्यूूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १२ गते २१:०३
सडक दुर्घटना न्यूूनिकरणका लागि ट्राफिक  सचेतना कार्यक्रम सम्पन्न ।

किरण भुर्तेल
पौष १२ गते ।
नवलपुर क्षेत्रमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि विभिन्न संघ संस्थाहरु त्यसको न्यूनिकरणको लागि कृयाशील हुन थालेका छन् सचेतना मुलक कार्यक्रम संचालन गर्दा दुर्घटना न्युनिकरण कम गर्न सकिन्छ भन्ने हेतुले यस्ता कार्यक्रम गर्ने गरिएको छ ।

आज देबचुलिको दलदलेमा नवलपुर ड्राइभिङ ब्यवसायी संघ र ड्याड नेपालको संयुक्त आयोजनामा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । सवारी दुर्घटनाका कारणहरु र त्यसबाट बच्ने उपायहरु लेखिएका पम्प्लेट आयोजकले वितरण गरेका थिए । फलफुल चोकमा प्रहरीको समन्वयमा सचेतना मूलक कार्यक्रम गरिएको संघका अध्यक्ष प्रबिन सापकोटाले बताए ।

आफूुहरु बिशेष गरी सवारी साधनसँग जोडिने व्यवसायी भएकाले आम मानिसहरुलाई सचेत गराउनका लागि अभियान चलाएको संघका उपाध्यक्ष ठाकुर कोइरालाले बताए । सेचतना कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी ,अटो ब्यवसायी, पत्रकार, चालक,सहचालक तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ पुष १२ गते २१:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI