आज शनिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १९ गते ७:१२
आज शनिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मिति २०७६ साल पुस १९ गते शनिबार, इस २०२० जनवरी ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। नवमी, २३ः१३ उप्रान्त दशमी। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाइ लेखाइमा तपार्ई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ। 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिवादित विषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ। व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केहि समय कुर्नु पर्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को)

मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्रस्थानमा तपार्ईँको नाम आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाइने हुदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी  गर्न सकिनेछ। 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शिक्षा तथा शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वाताबरण बनाउँन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । 

प्रकाशित : २०७६ पुष १९ गते ७:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI