सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका र्याली रोक्न प्रहरीको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १३:३८
सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका र्याली रोक्न प्रहरीको निर्देशन

सिड्नी, २२ पुस

अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका र्याली रोक्न प्रहरीले निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहितको टोलीलाई बिना अनुमर्ति याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले रोकेको हो ।

एनएसडब्लु प्रहरीले अनुमति विर्ना याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न चेतावनी दिएको र्यालीमा सहभागीहरुले बताएका छन् । सहभागीहरुको समूहले फुटपाथमा हिँड्ने पैदल यात्रीलाई बाधा पार्ने देखिएपछि प्रहरीले रोकेको बुझिएको छ ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईका अतिरिक्त अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी थिए । अन्तर्रा्ष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई आईतबार अस्ट्रेलिया प्रस्थान गरेका थिए ।

प्रकाशित : २०७६ पुष २२ गते १३:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI