तेस्रो गैँडाकोट महोत्सव माघ १५ देखि २६ गतेसम्म

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते ११:१६
तेस्रो गैँडाकोट महोत्सव माघ १५ देखि २६ गतेसम्म

प्रकाश रेग्मी

गैँडाकोट, माघ २ ।

आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६ भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव माघ १५ देखि २६ गतेसम्म  नारायणी नदी किनारमा सुरु हुँदैछ।

माघको १५ देखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको गैँडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले बिहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराउनुभयो।

महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिईएको र ३० स्थानीय स्टललाई नि:शुल्क व्यवस्था गरिएको छ। महोत्सवमा ३ सय ५० बढी स्टल रहनेछन् । व्यवसायको प्रकृति अनुसार स्टल बढाईने र महोत्सवमा २२ उपसमिति रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारि गराईएको छ।

तेस्रो गैँडाकोट महोत्सवमा प्रमुख आकर्षकको रूपमा लण्डन ब्रिज, सेल्फी जोन तथा बेली नाच (रसियन) रहने छन्। 

प्रकाशित : २०७६ माघ २ गते ११:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI