नेपालको राष्ट्रिय हितमा राखेर मात्रै एमसिसी सम्झौता हुनुपर्छ : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १० गते १५:२८
नेपालको राष्ट्रिय हितमा राखेर मात्रै एमसिसी सम्झौता हुनुपर्छ : प्रचण्ड

दीपक भट्टराई / नवलपुर १० माघ
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालकाे राष्ट्रिय हितमा राखेर मात्रै एमसिसी सम्झाैता हुनु पर्नै बताउनुभएकाे छ ।
एमसिसी सम्झाैताबारे अमेरीका सग पुन सवाद गरी परिमार्जन गरेर मात्र सम्झाैता अगाडि बढाउन सकिने बताउनु भयाे ।
नेकपा जिल्ला कमिटि नवलपुरले देबचुलीमा अाज गरेकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रचण्डले पाटी एकता प्रकृया केही ढिला भएपनि मुलभुत रूपमा एकता प्रकृया टुंगिएको बताउतै बाकी काम केही दिनमै टुङ्गिने बिचार समेत ब्यक्त गर्नुभयाे
अध्यक्ष प्रचण्डले पाटी एकता र गठबन्धनले नेपालकाे राजनितिक मार्ग चित्र लाई नै बदलेकाे बताउँदै राण्टि्य सभाकाे निर्वाचनले नेकपा देशकै ठुलाे र बलियाे पाटी भएकाे सन्देश दिएकाे समेत बताउनु भयाे । प्रचण्डले सुस्ता र कालापानी लगाएतका सिमा बिबाद बारे दुई देश बिच छलफल भईरहेकाे बताउदै बिबाद समाधानका लागि सरकार लागिपरेकाे समेत जनाउनु भयाे
प्रचण्डले सरकारले गरेका राम्रा कामकाे प्रचार हुन नसक्दा जनतामा केही नैराश्यता देखिएकाे बताउदै अागामी बजेट जनमुखी बनाउन छलफल समेत भईरहेकाे बताउनु भयाे ।

प्रकाशित : २०७६ माघ १० गते १५:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI