कावासोतीमा पर्यटक सूचना केन्द्र स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १४ गते १२:०४
कावासोतीमा पर्यटक सूचना केन्द्र स्थापना

कावासोतीमा पर्यटक सूचना केन्द्रको स्थापना भएको छ। कावासोती नगरपालिकाको १५ नं. वडा कार्यालयको अगाडि पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो।
कावासोती नगरपालिका भित्र आउने पर्यटकहरुको तथ्यांक राख्ने, पर्यटकहरुलाई नगरपालिका भित्रको पर्यटकीय क्षेत्रको अवलोकनका लागी सहजता प्रदान गर्ने निमित्त सूचना प्रदान गर्ने, पर्यटकीय तथा घुम्न लायक बिभिन्न ठाउँको जानकारी दिने, के-कस्ता पर्यटकहरू नगरपालिकामा आए, के-कति आर्थिक खर्च गरे भन्ने लगायतका सूचनाहरू रेकर्ड राख्न र सूचना संग्रह गर्ने प्रयोजनका लागी पर्यटक सूचना केन्द्र स्थापना गरिएको कावासोती १५ का वडा अध्यक्ष देवनारायण महतोले बताए।

प्रकाशित : २०७६ माघ १४ गते १२:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI