नेविसंघको तदर्थ समितिमा थप पदाधिकारी चयन (नामावली सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १९:५३
नेविसंघको तदर्थ समितिमा थप पदाधिकारी चयन (नामावली सहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका छन् ।  आइतबार देउवाले तदर्थ समिति २ जना उपसभापति र ५ जना महामन्त्री थप गरेका हुन्।  पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार झापाकी तुलसा पन्त  र रुपन्देहीका मुक्तिराज पौडेलले उपसभापतिको जिम्मेदवारी पाएका छन्। 

यस्तै  तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सीना  र स्याङ्जाका युवराज पाण्डेले महामन्त्रीको जिम्मेवारी पाएका थिए।  तदर्थ समितिको अध्यक्षको जिम्मेवारी देउवाले यसअघि नै सुनसरीका राजीव ढुंगानालाई दिएका थिए। सोही बेला देउवाले काठमाडौँका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई महामन्त्री बनाएका थिए । 

नेविसंघको तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने काँग्रेसले जनाएको छ। 

प्रकाशित : २०७६ माघ १९ गते १९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI