दर्शकको भिडलाई मध्यनजर गर्दे गैँडाकोट महोत्सव १ दिन थप

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते १०:४३
दर्शकको भिडलाई मध्यनजर गर्दे गैँडाकोट महोत्सव १ दिन थप

प्रकाश भण्डारी। माघ २५ गैँडाकोट, नवलपुर

आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६ भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव माघ १५ देखि नारायणी नदी किनारमा चलिरहेको छ।

दर्शकको भिडलाई मध्यनजर गर्दे माघ १५ देखि २६ सम्म संचालनमा रहेको तेस्रो गैँडाकोट महोत्सव १ दिन थप गरि माघ २७ गते सोमबार सम्म चल्ने गैँडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले नवलपुर टाईम्ससँगको कुराकानीमा बताउनु भयो।

महोत्सवमा प्रमुख आकर्षकको रूपमा लण्डन ब्रिज, सेल्फी जोन तथा बेली नाच (रसियन कलाकार) रहेका छन्। दैनिक राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार मार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको महोत्सवमा हालसम्म ९५ हजार बढीले अवलोकन गरिसकेको संयोजक भट्टचनले जानकारी गराउनु भयो।

स्थानीय उत्पादनलाई प्रमुख स्थान दिईएको महोत्सवमा स्थानीय उत्पादनका ३० स्टल सहित ३ सय ५० बढी अन्य स्टल रहेका छन्।

महोत्सवको अन्तिम दिन माघ २७ गते कुटुमा कुटु गितका कलाकार राजनराज शिवाकोटी र मञ्जु पौडेलको प्रस्तुती रहने छ।

प्रकाशित : २०७६ माघ २५ गते १०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI