डेढ लाखले गरे ४ घण्टामै पशुपतिनाथको दर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते ११:०३
डेढ लाखले गरे ४ घण्टामै पशुपतिनाथको दर्शन

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथको पूजा आराधना गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भीड भएपछि दर्शनार्थी अहिले प्रतीक्षामा छन्।

पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि कोषले बिहान ३ बजेदेखि नै चार वटै ढोका खोलेको छ। कोषका अनुसार, दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको छ। भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले बताए।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एअरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको हो।

प्रकाशित : २०७६ फागुन ९ गते ११:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI