मगर एकता दिवसमा सार्वजनिक बिदा दिन माग

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १६:२८
मगर एकता दिवसमा सार्वजनिक बिदा दिन माग

कावासोती , फागुन १३ । नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपुरले यहि फागुन १५ गते मगर एकता स्थापना दिवसको दिन सार्वजनिक बिदा दिन माग गरेको छ । संघका जिल्ला अध्यक्ष ईन्द्रफाल मगर र नेपाल मगर विद्यार्थी संघ नवलपुरका अध्यक्ष सहज राना मगरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बिदा दिन माग गरेका हुन । फागुन १५ गते पर्ने मगर एकता दिवसका अवसरमा हरेक वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी मगर एकता दिवस मनाउँदै आईरहेकोमा यस वर्ष बिदा कटौती गरिएको हुँदा यस वर्ष पनि बिदा दिई ३८ औँ मगर एकता दिवस मनाउन सहयोग गरिदिन सबै संग अनुरोध गरिएको छ ।

   
प्रकाशित : २०७६ फागुन १३ गते १६:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI