मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेलि वचाउ, चेली पढाउ अभियानसुरु ।।

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १५ गते १२:३९
मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेलि वचाउ, चेली पढाउ अभियानसुरु ।।

नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेली वचाउ , चेली पढाउ अभियान सुरु भएको छ । मध्यविन्दु नगरपालिका भित्रका छोरी चेलीको सुरक्षा,शिक्षा र अवसर वृद्धिका लागि गत आर्थिक वर्ष देखि सुरु भएको उपप्रमुख चेली वचाउ चेली पढाउ अभियान चालु आर्थिक वर्षमा पनि सञ्चालन गरिएको हो । अभियान अन्तर्गत किशोरी शसक्तिकरण क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । समाजमा बिभिन्न राजनीतिक, सामाजिक तथा लैंगिक असमानताका शिकार बालिकाहरु नै हुने गरेकोले किशोरी हरुलाई क्षमता अभिवृद्धि गरि सक्षम वनाउन विभिन्न चरणका कार्यक्रम सञ्चान गरिने मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महतोले जानकारी दिनु भयो । मध्यविन्दु नगरपालिकालाइ बालमैत्री नगर घोषणा गर्ने अभियान समेत सञ्चाल भइरहेको हुदा त्यसलाइ जोड पुग्ने गरि किशोरी मार्फत चेतना प्रवाहाको अभियान सुरु गरिएको उपप्रमुख महतोले वताउनु भयो । ग्रामिण भेगमा वालविवाहाको क्रम अझै नरोकिएकाले त्यसको न्युनिकरकणका लागि अभिमुखिकरण कार्यक्रम मार्फत नेतृत्व विकास , किशोरकिशोरी हिंसा ,दुर्ववहार , बाल बिवाह का असरहरु का बारेमा जानकारी गराई बाल विवाह निरुत्साहित गर्ने योजना रहेको जनाएको छ । तिन दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वाहादुर रानाले मध्यविन्दु नगरपालिकाको भविष्य अहिलेका वालवालिका को हातमा रहेकाले सक्षम वालवालिका वाट मात्र समृद्ध नगर वन्ने वताउनु भयो । अहिले चुनौतिको रुपमा रहेको बालविवाहा र हिंशा को विषयमा मध्यविन्दु नगरपालिकाले विभिन्न चरणमा सचेतना मुलक कार्यक्रम सञ्चाल गरिरहेकाले त्यसको नियन्त्रणका लागि अव वालवालिका नै चनाखो वन्नु आवश्यक रहेको वताउनु भयो । त्यसैगरी मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तोले उपप्रमुख चेलि वचाउ तथा चेली पढाउ अभियान मार्फत नगरभित्रका सवै गाउगाउमा किशोरीहरुको शसक्तीकरणको अभियानमा जोड दिइने वताउनु भयो । गत आर्थिक वर्ष वाट सुरु गरिएको यस अभियान मार्फत मध्यविन्दु नगरपालिका भित्रका सवै किशोरीहरु सम्म शारिरिक, मानषिक र बौद्धिक विकासको कार्यक्रम पुर्याइने उपप्रमुख महतोेले वताउनु भयो । तिन दिने कार्यक्रममा मध्यविन्दु नगरपालिका भित्रका करिव ६५ जना किशोरीहरुको सहभागिता रहेको छ ।

प्रकाशित : २०७६ फागुन १५ गते १२:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI