नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीले शाखाको प्रथम स्थापना दिवस मनायो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते १६:३५
नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीले शाखाको प्रथम स्थापना दिवस मनायो

नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीको प्रथम शाखा स्थापना दिवस आज मनाईएको छ । स्थापना दिवसको अवसरमा जिल्लाको मध्यविन्दु नगरपालिका -१ मा रहेको शान्ति आधारभुत विद्यालयमा अध्ययनरत जना २३ अनाथ बालबालिकालाई आज खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको हो । शान्ति आधारभुत विधालय सेतापनीमा २३ जना अनाथ असहाय विद्यार्थी आवासीय रुपमा अध्ययन गर्दै आइरहेका छन् ।

  नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका सभापति होमराज रानाभाटको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथि शर्माले पत्रकारले सूचना सम्प्रेषण सँगसँगै सामाजिक उतरदायित्व बहन गर्नु पर्ने बताउदै शाखाको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

विद्यालयका प्र अ दधिराम सापकोटा पत्रकार महासंघ पुर्वी नवलपरासी शाखालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालय एवं विद्यार्थीलाई सहयोगको अपेक्षा गर्नु भएको थियो । कार्यक्रममा शान्ति अनाथालय बाल उत्थान सेवा केन्द्रका अध्यक्ष गणेशमान महतो, समाजसेवी काशीराम पाठक, प्रेस सेन्टर नवलपुरका सदस्य दयाराम आचार्यले मन्त्वय राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ नवलपुरका सचीव प्रेम न्यौपानेले गर्नु भएको थियो ।


नवलपरासी जिल्ला दुइ जिल्लामा विभाजन भए संगै औपचारीक रुपमा गत वर्ष नेपाल पत्रकार महासघ नवलपरासी पुर्व गठन भएको सम्झनामा आज प्रथम स्थापना दिवस मनाईएको हो ।

प्रकाशित : २०७६ फागुन १८ गते १६:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI